यस्ताे छ एमाले गण्डकीको निर्वाचन तालिका, बुधबार मतदान हुने

पाेखरा | असोज १६, २०८०

यस्ताे छ एमाले गण्डकीको निर्वाचन तालिका, बुधबार मतदान हुने

पोखरा:    पोखरामा सोमबारदेखि सुरु भएको नेकपा एमाले गण्डकीको प्रथम अधिवेशनको निर्वाचन तालिका आज (मंगलबार) सार्वजनिक भएको छ ।


अधिवेशनबाट निर्वाचित हुने प्रदेश समिति पदाधिकारी र सदस्यहरुको निर्वाचन प्रयोजनका लागि निर्वाचन समितिले मदताना नामावली प्रकाशन गरिसकेको छ ।

 

अन्तिम नामावली प्रकाशन दिउँसो ३ बजे हुने छ । ३ देखि ६ बजेसम्म उम्मेदवारले दरखास्त फारम दर्ता गर्न पाउनेछन् ।


साँझ ६ देखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन हुने छ । उम्मेदवारको विरोधमा उजुरी दिने समय ७ देखि ७स्३० सम्म तोकिएको छ । निर्वाचन समितिले उजुरी उपर छानबिन र निर्णय साँझ ७:३० देखि ८:३० सम्म गर्नेछ । राति ८:३० देखि ९ बजेसम्म उम्मेदवारको नामावली पुनः प्रकाशन हुनेछ ।

 

बुधबार बिहान १० बजेसम्म उम्मेदवारलाई नाम फिर्ता गर्ने समय दिइएको छ । बुधबार १० बजे नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । बुधबार दिउँसो १ बजेबाट मतदान सुरु हुने प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले बताए ।


सोमबार उद्घाटन भएको अधिवेशनको बन्दसत्र हाल पोखरा सभागृहमा चलिरहेको छ । प्रदेश अध्यक्ष नवराज शर्माद्वारा प्रस्तुत राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन उपर छलफल चलिरहेको छ । गण्डकीका ११ जिल्ला र जनसंगठनबाट ९ सय ७ प्रतिनिधि सहभागी भएकोमा ८ समूह बनाएर प्रतिवेदनमाथि समूह नेताले सुझाव दिइरहेका छन् ।


 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्